दफा १५६
अन्तर्कालीन आदेश जारी गर्न निवेदन दिन सक्ने

(१) मुुद्दाको कारबाहीको सिलसिलामा कुनै काम कारबाही तत्काल नरोकेमा, कुनै कार्य तत्काल नगरेमा वा मुद्दाको मागदाबीका सम्बन्धमा कुनै विषय यथास्थितिमा नराखेमा फिरादपत्र वा पुनरावेदनपत्रको माग दाबी निरर्थक हुने भएमाबादी वा पुनरावेदकले सोही व्यहोरा उल्लेख गरी त्यस्तो विषयमा अन्तर्कालीन आदेश जारी गर्ने माग राखीसम्बन्धित अदालतमा निवेदन दिन सक्नेछ ।स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि “अन्तर्कालिन आदेश” भन्नालेमुद्दामा हुने निर्णय वा पैmसला बाहेकका अन्य आदेश सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन उपर सुनुवाई गर्दा त्यस्तो आदेश जारी हुन उपयुक्त देखिएमा अदालतलेत्यसको कारण खुलाई त्यस्तो विषयमा अन्तर्कालीन आदेश जारी गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम आदेश भएकोमा मुद्दाको कुनै एकपक्षको निवेदनको सुनुवाईको आधारमा गरिएको भए अर्काे पक्षलेत्यस्तो आदेश बदर गर्न सोही अदालतमा निवेदन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम निवेदन परेकोमा सम्बन्धित अदालतले दुवै पक्षको सुनुवाई गरी त्यस्तो आदेश बदर गर्ने वानगर्ने सम्बन्धमा निर्णय गर्नेछ र त्यस उपर चित्त नबुझ्ने पक्षले बदर गराउन त्यस्तो अदालतको पुनरावेदनसुन्ने अदालतमा निवेदन गर्न सक्नेछ ।